संसदमा संविधान संशोधन विधेयक पेश

काठमाडौं, १८ जेठ : संसदमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेश भएको छ । कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले आइतबारको संसद बैठकमा संविधान संशोधन प्रस्ताव पेश गरेकी हुन् ।

सरकारले हालै जारी गरेको नयाँ नक्सालाई आधिकारिकता दिन संघीय संसदमा नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ पेश गरेको छ । नयाँबानेश्‍वरमा जारी प्रतिनिधि सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. तुम्वाहाङफेले बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पेश गरेकी हुन् ।

मन्त्री तुम्बाहाङफेले यो विधेयक पेश गर्न समय मागेकी थिइन् । विधेयक पेश गर्न मागिएको अनुमतिमा विरोधको कुनै सूचना नपरेपछि सभामुख अग्‍निप्रसाद सापकोटाले  नेपालको संविधान २०७७ पेश गर्न अनुमति दिएको घोषणा गरे ।  मन्त्री तुम्बाहाङफेले त्यसपछि नेपाल सरकारले हालै अद्यावधिक गरेको राजनीतिक तथा प्रशासनिक नक्सा स्वीकृत गरी नेपालको निशान छापमा रहेको नक्सालाई नेपालको वास्ताविक नक्सामा समावेश गर्न विधेयक पेश गरेकी हुन् ।

‘नेपालको संविधानको धारा ९ को उपधारा २ मा नेपालको निशान छाप अनुसूची ३ मा उल्लेख भएबमोजिम व्यवस्था भएको र नेपाल सरकारले हालै नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा नेपालको वास्तविक नक्सा अनुरुपको प्रकाशित गरेको हुनाले नेपालको संविधानको अनुसूची ३ को निशान छाप भित्र अकिंत नेपालको नक्सालाई नेपालको वास्तविक नक्सा अनुरुप मिलायन आवश्यक भएकोले संसोधन विद्येयक संसद समक्ष पेश गर्दछु’ कानुन मन्त्री तुम्बाहाङफेले संसोधन प्रस्ताव पेश गर्दै भनिन ।

यसअघि भारतले अतिक्रमणम गर्दै आएको कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेश गरी नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न कांग्रेसले शनिबार संसदीय दललाई निर्देशन दिएको थियो ।

यसअघि १४ जेठको संसद् बैठकमा नै संविधान संशोधन विधेयक पेश गर्ने कार्यक्रम थियो । तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कमिटी बैठकबाट पास गर्ने समय मागेपछि विधेयक पेश अन्तिम समयमा रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.