प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५५३ पुग्यो

जनकपुरधाम, १७ जेठ : प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५५३ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ५७ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद पोखरेलले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभएको छ ।

यसअघि यस प्रदेशमा ९८ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यस प्रदेशका आठवटै जिल्लामा एकैपटक सो अवधिमा कोरोना सङ्क्रमित फेलापरेको हो । नयाँ थपिएका ५७ जना सङ्क्रमितमा सप्तरीमा नौ, सिरहामा ११, धनुषामा सात, महोत्तरीमा चार, रौतहटमा १७, बारामा एक र पर्सामा दुई जना छन् ।

यस प्रदेशमा सबैभन्दा बढी रौतहटमा कोरोना सङ्क्रमितको सङ्ख्या १८८ पुगेको छ । पर्सामा तीन भारतीयसमेत गरी १०३, सर्लाहीमा ६२, बारामा ५४, धनुषामा ४९, सप्तरी ४३, महोत्तरी २७ र सिरहा २५ जना कोरोना सङ्क्रमित रहेका छन् ।

स्वाब र क्वारेन्टिनको अवस्था 

यस प्रदेशमा स्वाबको नमूना सङ्कलन कार्यलाई तीव्र बनाइएको छ । आज एकैदिनमा ९४० जनाको स्वाबको नमूना सङ्कलन गरिएको सचिव डा घिमिरेले जानकारी गराउनुभयो ।

:jfa ;ªsng
;Kt/L, !$ j}zfvM
;Kt/Lsf] af]b] a;f{Og–% df :jfa ;ªsng ub}{ :jf:YosdL{ .
l;nflht / lxª a]Rg cfPsf h’Dnfsf tLg 3’dGt] Jofkf/L;lxt af]b] a;f{Og gu/kflnsfsf] !!#, 8fsg]Zj/L gu/kflnsfsf @*, ;’?ªuf gu/kflnsfsf !@, v8s gu/kflnsfsfsf b’O{ / anfg lax’n ufpFkflnsfsf tLg hgfsf] :jfa ;ªsng ul/Psf] :jf:Yo sfof{no, ;Kt/Lsf lgldQ k|d’v b’lgofnfn ofbjn]] hfgsf/L lbg’ePsf] 5 . tl:a/ M gfgLd}of s6jfn÷/f;;

अहिलेसम्म यस प्रदेशमा १२ हजार ५६६ जनाको स्वाबको नमूना सङ्कलन गरिएकामा नौ हजार ९०९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने दुई हजार १०३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

कोरोना सङ्क्रमितको सङ्ख्या र भारतबाट फर्कनेको सङ्ख्या व्यापकरुपमा बढ्न थालेपछि क्वारेन्टिनको सङ्ख्यामा पनि निरन्तररुपमा वृद्धि भइरहेको छ । यस प्रदेशमा ३७१ वटा क्वारेन्टिनमा २५ हजार ३२२ श्ययाको व्यवस्था गरिएको छ ।

यतिखेर विभिन्न क्वारेन्टिनमा २० हजार ९३३ जना, होम क्वारेन्टिनमा पाँच हजार ७१३ जना र आइसोलेसनमा ३०८ जना बसेका छन् । आइसोलेसन कक्षमा ७४४ वटा श्ययाको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.