चट्याङ लागेर रोल्पामा दुईको मृत्यु   

रोल्पा, १६ जेठ : चट्याङ लागेर आज यहाँ दुई महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रोल्पा, त्रिवेणी गाउँपालिका–७ गैरीगाउँ नन्दीखोलाका ७५ वर्षीया खिरमाली बाँठा र २१ वर्षीया आशा बुढा रहेको प्रहरीले जनाएको छ ।

घरमा बसिरहेका अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरुलाई रोल्पा अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रवहादुर गुरुङले जानकारी दिनुभयो ।

रोल्पामा यसअघि पनि हालै दुईको चट्याङ लागेर मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.