गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भीर, मृत्युको हल्लामात्रै

काठमाडौं, ७ जेठ : गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भीर रहेको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालले स्पष्ट पारेको छ ।

केही सञ्चारमाध्यममा उनको मृत्यु भएको भन्दै समाचार प्रकाशित भएपछि अस्पतालले त्यसको खण्डन गर्दै उनको आईसीयू कक्षमा भेन्टिलेटर कक्षमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको एक विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

यसअघि प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले ती बिरामीको मृत्यु भइसकेको बताएका थिए ।

सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बरालले भनेका थिए- ‘१५ मिनेट भयो उहाँको मृत्यु भएको खबर आएको । थप कुरा बुझ्ने काम भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.