राप्ती प्रतिष्ठानको बहिरंग सेवा बन्द 

तुलसीपुर, ६जेठ : दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहिरंग तथा अन्तरंग सेवा बन्द भएको छ ।

प्रदेश नं ५ कोरोनाको उच्च जोखिममा रहेको भन्दै प्रतिष्ठानका सेवा बन्द गरी कोरोना संक्रमितलाई मात्रै भर्ना गरेर उपचार गर्ने व्यवस्था मिलाइएको प्रतिष्ठानका कायममुकायम कैलाशप्रसाद देवले बताउनुभयो ।

कोरोना संक्रमितको उपचारलाई प्राथमिकतामा राखेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार आजदेखि बहिरंग सेवा बन्द गरिएको उहाँको भनाइ छ ।अस्पताल प्रशासनले सूचना निकालेर स्वास्थ्य समस्या देखिएमा उपचारका लागि अन्य स्वास्थ्य संस्थामा जान आग्रह गरेको छ ।

साथै प्रतिष्ठानअन्तर्गत रहेका सम्पूर्ण अस्पतालले मन्त्रालयमा पेश गरेबमोजिम छुट्याएका आइसोलेशन बेड र जनशक्ति तयारी अवस्थामा राखेर उपचार गर्ने व्यवस्था मिलाउनसमेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.