रौटहटका १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमण हुनेको संख्या २९१ पुग्यो

काठमाडौं, ४ जेठ : रौटहटमा दश जना कोरोना संक्रमित थपिएका छन् ।

रौटहटको राजपुर नगरपालिका फरदहवा-९ मा सात जना र इशनाथ नगरपालिका वडा नम्बर ३ र ५ मा तीन जनासहित जिल्लामा एकैदिन १० नयाँ स‌क्रमित भेटिएका हुन्‌ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

राजपुर नगरपालिका फरहदा–९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी रौतहटकै इशनाथ नगरपालिका ३ र ५ नम्बर वडाका २८, ३० र ३३ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको डा. अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आइतबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २९१ पुगेको छ भने उपचारपछि ३६ जना निको भएका छन् । यसैगरी नेपालमा एकजनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.