थपिए दुई जना कोरोना संक्रमित, संक्रमण हुनेको संख्या २८१ पुग्यो

काठमाडौं, ३ जेठ : धनुषामा शनिबार दुई जना कोरोना संक्रमित थपिएका छन् ।

धनुषाका २० र ६५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले शनिबार राति सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार धनुषाका २ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै शनिबारमात्रै १३ जना संक्रमित पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २८१ पुगेको छ भने उपचारपछि ३६ जना निको भएका छन् । यसैगरी नेपालमा एकजनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.