कपिलवस्तुका थप तीन जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७६ पुग्यो

काठमाडौं, जेठ : कपिलवस्तुमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै शनिबार एकैदिन ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ ।  

कपिलवस्तुको शिवराज नगरपालिका, चन्द्रौटाका २५, ३४ र ४४ वर्षका पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि बर्दिया, पर्सा, सिरहा, सर्लाही र चितवनका ६ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार बर्दियाको नार्खु–११ की २८ वर्षीय महिला, सिरहाको सखुवा–१९ का ३० वर्षीय पुरुष, वीरगन्ज पर्साका २८ र २९ वर्षीय पुरुष, सर्लाहीको रामनगर ४ की १८ वर्षीया महिला र चितवनको गढौली–१ की २५ वर्षीय महिलामा कोरोना पुष्टि भएको थियो ।

 

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

हालसम्म नेपालमा २७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने संक्रमित मध्ये ३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.