क्वारेन्टाइनबाट युवती फरार

बर्दिया, १ जेठ : बर्दियाको मधुवन नगरपालिका-८ शिवदुर्गा माध्यमिक विद्यालय दुर्गापुरमा रहेको क्वारेन्टाइनबाट आज बिहान एक युवती फरार भएकी छन् ।

उनी भागेको जानकारी पाउनासाथ खोजी भइरहेको वडाध्यक्ष विजय रानाले बताए ।

काममा रहेका प्रहरी शौच गर्न गएको मौका छोपी युवती फरार भएकी हुन् ।  विद्यालयमा ४३ शय्या रहेकामा अहिले त्यहाँ पाँच जना मात्र  छन् । तीमध्ये चार पुरुष र एक महिला थिए ।

निज युवती पाँच दिनअघि मात्र बाँकेबाट आएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.