नवलपरासीमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४६ पुग्यो

काठमाडौं. १ जेठ : नवलपरासीमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमित व्यक्ति नवलपरासीको देवचुली नगरपालिका- १२ का ४९ वर्षीय पुरूष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालमा गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो । बिहीबार बिहान कपिलवस्तुकी ६ वर्षीया बालिकासहित काठमाडौंको चन्द्रागिरिका ३२ वर्षीय पुरूषमा पनि संक्रमण देखिएको थियो ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २४६ पुगेको छ भने कोरोना संक्रमित मध्ये उपचारपछि ३५ जना निको भएका छन् भने त्यसमा पनि तीन जनालाई पुन:संक्रमण देखिएपछि अस्पतालमा भर्ना गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.