स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको संख्या सच्यायो, संक्रमितको संख्या २४५

काठमाडौं. १ जेठ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितहरूको संख्या सच्याएको छ ।

यसअघि आज विहान कोरोना संक्रमितको संख्या २५० जना पुगेको सार्वजनिक गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरि अर्काे सूचना निकालेर संक्रमितको संख्या २४५ नै रहेको जनाएको छ ।

मन्त्रालयले यसअघि सार्वजनिक गरेको सूचनामा ५ जना संक्रमित प्राविधिक त्रुटिबस दोहोरिएको भन्दै आँकडा सच्याएको हो ।

मन्त्रालयले धनुषा, महोत्तरी र सर्लाहीका संक्रमित भएका व्यक्तिको बारेमा गल्तीबस दोहोरिन पुगेको जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २४५ पुगेको छ भने कोरोना संक्रमित मध्ये उपचारपछि ३५ जना निको भएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.