कपिलवस्तुमा थपिए एक जना कोरोना संक्रमित, संक्रमितको संख्या २१९ पुगे
काठमाडौं, ३१ वैशाख: बुधबार कपिलवस्तुमा पनि एक कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित दुई जना कपिलवस्तु र बाँकेका छन् ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरूषमा कोरोना पुष्टि भएको हो भने कपिलवस्तु -५ का निवासी २२ वर्षीय पुरूषमा संक्रमण देखिएको हो ।
मंगलबार एकैदिन ८३ जनामा कोरोना संक्रमण देखिएको थियो ।
योसँगै कोरोना संक्रमितको संख्या २१९ पुगेको छ भने कोरोना संक्रमित मध्ये उपचारपछि ३५ जना निको भएका छन् ।

