मध्यरातमा काठमाडौँमा भूकम्पको धक्का महसुस
काठमाडौं, ३१ वैशाख : मंगलबार राति काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । करिब ११ बजेर ५३ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।
मंगलबार राति ११:५३ बजे दोलखालाई केन्द्र बिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार दोलखाको जुगु केन्द्र बनाएर भूकम्प गएको हो ।
