कोरोना संक्रमित २१७ पुगे, एकैदिन ८३ जना थपिए

शरद शर्मा । काठमाडौँ, ३० वैशाख : कोरोना भाइरस (कोभिड –१९)को संक्रमण आज फेरि २६ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा आज पुनः काठमाडौँ उपत्यकासहितमा संक्रमण देखिएको पुष्टि गर्नुभयो । यससँगै संक्रमितको २१७ जना पुगेका छन् । यसअघि आज नै पर्साका ३९, रुपन्देहीका नौ, कपिलवस्तुका आठ र बाराका एक जना गरी ५७ जनामा देखिएको थियो ।

आज अपराह्न र अहिले राति मात्र गरी संक्रमित ८३ भेटिएका छन् । यो एक दिनमा नेपालमा भेटिएको सबभन्दा ठूलो संख्या हो । नयाँ संक्रमितमध्ये पर्सा जिल्लाका २२, २८, २८, ३२, ४५, ६० वर्षीय महिला तथा १६, २२, २४, २५, २५, २८, २८, ३२, ५५, ५९, ६१, ६१ वर्षीय पुरुष छन् ।

यसैगरी महोत्तरी जिल्लाका १६ र ३५ वर्षीय पुरुष तथा धनुषा जिल्लाका २० वर्षीया महिला र ४० वर्षीय पुरुष छन् । नयाँ संक्रमितमध्ये काठमाडौँ उपत्यकाका तीन जना रहेको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिनुभयो । सोअनुसार भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुष तथा काठमाडौँ जिल्लाकी ३५ वर्षीया महिला छिन् ।

यसैगरी सर्लाहीका ४५ वर्षीय पुरुषमा समेत संक्रमण रहेको जनाइएको छ ।

सहप्रवक्ता डा अधिकारीका अनुसार ती संक्रमितको अवस्था सामान्य रहेको र ती स्वास्थ्यकर्मीको निगरानीमा छन् ।

कुन जिल्लामा कति पुगे संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने उदयपुरमा ३०, मोरङमा २, कपिलवस्तुमा २९, बाँकेमा २४, रुपन्देहीमा १६, काठमाडौंमा ४, धादिङ २, कैलालीमा ४, बारामा ३, धनुषामा ३, रौटहटमा ३, बागलुङमा २, चितवनमा २, झापामा २, महोत्तरीमा २, भक्तपुरमा २, बर्दियामा १, भोजपुरमा १, कञ्चनपुरमा १, सप्तरीमा १ र सर्लाहीमा १ जनामा पुष्टि भएको छ । यसैगरी हालसम्म ४३ जना कोरोना निकाे भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.