सञ्चारकर्मीको निःशुल्क कपाल काट्ने अभियान

काठमाडौँ, २९ वैशाख (रासस) : लकडाउनका कारण कपाल काट्ने सैलुन बन्द भएपछि मिडिया मिसन नेपालले सञ्चालन गरेको ‘सञ्चारकर्मीको निःशुल्क कपाल काट्ने’ अभियानमा काठमाडौंका विभिन्न सञ्चारगृहमा क्रियाशील रहेका २४३ सञ्चारकर्मीलाई सेवा उपलब्ध गराइएको छ ।
नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको समन्वयमा यही वैशाख १७ गतेदेखि सोही परिसरबाट शुरु भएको उक्त कार्यक्रम लकडाउन अवधिभर जारी रहने बताइएको छ ।

संस्थाका अध्यक्ष टेकनाथ न्यौपानेले लकडाउनका कारण सैलुन बन्द भएपछि सञ्चारकर्मीले कपाल काट्न नपाएको खबर पाएपछि सञ्चार गृहका साथीहरुको अनुरोधमा कार्यालयमै गई कपाल काटेर सहयोग गर्ने अभियान शुरु गरेको बताउनुभयो ।
लकडाउनले अति आवश्यक सेवा क्षेत्र सामान्य सावधानीपूर्वक खुल्ला गरिएको छ भने सैलुनलगायत अन्य क्षेत्रलाई बन्द गरिएकाले त्यसको प्रभाव परेको छ ।
यस्तै मिडिया मिसन नेपालका कार्यकारी सम्पादक रामहरि बस्नेतले अहिले कोभिड–१९ का महामारीको त्रासका अवस्थामा समाचार सङ्कलन गर्न अग्रस्थानमा क्रियाशील सञ्चारकर्मीको स्वास्थ्य बीमा, सुरक्षाका लागि विशेष कार्यक्रम ल्याउन सरकारलाई आग्रह गर्नुभयो ।

ऐक्यवद्धता मासिक तथा सन्सार न्यूज डटकमका अध्यक्ष निलकण्ठ तिवारी

