भोलिदेखि उपत्यकामा गाडी चलाउन ‘टाइम कार्ड’

काठमाडौं, २७ वैशाख : भोलि २८ गते आइतबारदेखि काठमाडौं उपत्यकाको सडकमा गाडी चलाउन ‘टाइम कार्ड’ लागू हुने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालका अनुसार तोकेको समयमा मात्र जुनसुकै कार्यालय वा संस्थाका सवारी साधन चलाउन पाउने बताए ।

‘हिजो काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका डिआइजी र ट्राफिक महाशाखाबीच भएको बैठकले यो निर्णय गरेको र गृह मन्त्रालयले पनि स्वीकृति दिइसकेको छ,’उनले  भने ।

सरकारी कार्यालयलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म र घर फर्कन बेलुकी ५ बजेदेखि ६ बजेसम्म समय निर्धारण गरिएको महाशाखा प्रमुख ढकालले जानकारी दिए ।

त्यस्तै, तरकारी, फलफूल तथा अत्यावश्यक खाद्य सामग्री बिहान १० बजेभन्दा पहिल्यै ढुवानी गरिसक्नुपर्ने उनले बताए ।

त्यसैगरी बैंक, वित्तीय संस्थाका कर्मचारीले बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म फर्कनु पर्ने महाशाखा प्रमुख ढकालले जानकारी दिए ।

अन्य कुनै अत्यावश्यक काम परेर निस्कनु परेमा प्रहरीलाई जानकारी गराउनुपर्ने पनि उनले बताए ।

बजारमा हल्ला भएको जस्तो बिनाकाम सडकमा बाहिर निस्कन पाउने होइन ।

सरकारले तोकेको अत्यावश्यक सेवाका संस्थाहरूले पनि सरकारले तोकेको सुरक्षाको विधि र सामाजिक दूरी कायम गरेर तोकेको समयमा मात्र यात्रा गर्नुपर्ने उहाँले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.