कपिलवस्तुमा भेटिए २ जना कोरोना संक्रमित, संक्रमितको संख्या १०१ पुग्यो

काठमाडौँ, २५ वैशाख: कोभिड–१९ को सङ्क्रमण आज थप दुई जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा कपिलबस्तु का १६ वर्षीय र २२ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै संक्रमितको संख्या १०१ पुगेको छ । बुधबार एकै दिन १७ जनामा संक्रमण देखिएको थियो ।

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार संक्रमितको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

यसैगरी नेपालमा अहिलेसम्म संक्रमितको संख्या १०१ पुगेको छ  भने उपचारपछि निको हुनेहरुको संख्या २२ पुगेको छ । निको हुने २२ मध्ये तीनजनामा पुनः कोरोना संक्रमण देखिएपछि उनीहरु अस्पतालमा उपचारत छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.