नेकपा स्थायी समिति बैठक भोलि धुम्बाराहीमा बस्ने
काठमाडौं, २४ वैशाख : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक बिहीबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराही बस्ने भएको छ ।
नेकपामा पछिल्लो समय चुलिँदै गएको विवादबारे छलफल गर्न स्थायी समिति बैठक बस्न लागेको हो ।
स्थायी समितिमा पेस गर्ने प्रस्तावबारे छलफल गर्न नेकपाको सचिवालय बैठक अहिले बालुवाटारमा बसिरहेको छ ।
