थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९९ पुग्यो

नेपालमा बुधबार १७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनामा कोरोनाभाइरस पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आज कोरोना भाइरसको संक्रमण पुष्टि भएकामा २ महिने शिशुदेखि ६६ वर्ष उमेर समूहका व्यक्तिमा संक्रमण पोजेटिभ देखिएको हो ।

थपिएका सबै संक्रमित पर्सा जिल्लाका हुन् । उनीहरूमध्ये १० पुरूष र ७ महिला छन् ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको देवकोटाले जानकारी दिए ।

यसैगरी बैशाख ११ र १४ गते उपचारपछि निको भएर डिस्चार्ज भएका ३ जनामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको छ । उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ९९ पुगेको छ भने कोरोनालाई जितेर निको हुनेहरुको संख्या २२ जना पुगेको छ । जसमा २२ जना निको भएकोमा तीन जनामा पुनः संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.