सबै असन्तुष्ट पक्षसँग वार्ता हुन्छ : संयोजक पाण्डेय

काठमाडौँ, ५ असोज : उच्चस्तरीय राजनीतिक अधिकारसम्पन्न वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डेयले समितिले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित सबै विद्रोही तथा असन्तुष्ट पक्षसँग वार्ता गरी दिगो शान्ति कायम गर्ने बताउनुभएको छ ।

राजधानीमा आयोजित साक्षात्कारमा उहाँले कम्युनिष्ट पाटीसँग वार्ता गर्न सरकार सकारात्मक रहेको बताउँदै जाहेरी र उजूरीका आधारमा खड्गबहादुर विश्वकर्मा थुनामा परेको जानकारी दिनुभयो ।

गत भदौ २५ गते सबै राजनीतिक दल तथा असन्तुष्ट पक्षलाई वार्ताका लागि आह्वान गरिसकिको बताउँदै उहाँले केही राजनीतिक दल तथा समूहलाई समितिले पत्र पठाएको र बाँकी केही समूहलाई केही दिनभित्रै पत्राचार गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार वार्ताका लागि सात समूहलाई पत्राचार गरिसकेको तथा १२ समूह सम्पर्कमा आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.