दिल्लीमा रक्सी पसलमा भीड, नियन्त्रण गर्न प्रहरीको लाठीचार्ज

नयाँ दिल्ली, २२ बैशाखः  भारतमा सोमबारदेखि रक्सी पसल खुल्न थालेका छन् ।

गत शुक्रबार गृह मन्त्रालय दुई साताका लागि लकडाउन लम्ब्याएसँगै लकडाउन खुकुलो बनाउन तीन तहको वर्गीकरण गरेको थियो ।

सरकारले रेड, ओरेन्ज र ग्रीन जोनमा वर्गीकरण गरेको थियो । वर्गीकरण अनुसार केही ठाउँमा बन्द गरिएको छ । तर तिनै  जोनमा रक्सी पसल खोल्न अनुमति दिएको छ ।

रक्सी पसल खुल्न थालेपछि पसलमा थामिनसक्ने भीड लाग्न थालेको छ । रक्सी किन्नहरुको भीड भारतको राजधानी नयाँ दिल्लीमा एक किलोमिटर सम्म पुगेको थियो ।

दिल्लीस्थित कस्मिरी गेटको रक्सी पसलमा सोमबार भीड लागेको थियो । भौतिक दूरी कायम नभएपछि प्रहरीले लाठी चार्ज गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छन् ।

दिल्ली सरकारले रक्सी पसल बिहान ९ बजेदेखि बेलुका साढे ६ बजेसम्म मात्रै खोल्न अनुमति दिएको छ।

पसलमा भौतिक दूरी कायम गर्न अनिवार्य गरिए पनि मानिसहरुको भीड अनियन्त्रित छ । रक्सी पसलमा भौतिक दूरी कायम नहुँदा प्रहरीले लाठीचार्ज गरेको छ ।

दिल्लीमा १५० वटा रक्सी पसल खोल्न अनुमति दिइएको छ ।

भारतमा कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । सोमबारसम्म संक्रमितको संख्या ४२ हजार छ सय ७० पुगेको हो भने एक हजार ३ सय ९५ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.