हिमपहिरोमा परी मृत्यु भएकाको शव पोखरामा
काठमाडौँ, २० वैशाख: नेपाली सेनाले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ११ हिङकुकेभ इलाकामा गत माघ ३ गते गएको हिमपहिरोमा परी बेपत्ता भएका दुई जनाको शव आज पोखरा ल्याएको छ ।

sf7df8f}F,@) j}zfv . kf]v/fdf /x]sf] ;]gfsf] ;]s]08 /]~h/ a6flnogn] cGgk”0f{ ufFpkflnsf!! lxªs’ s]e Onfsfdf z’qmaf/ km]nf kf/]sf] b’O{ zj . ut df3 # ut] pQm If]qdf uPsf] lxdklx/f]df k/L a]kQf ePsf # g]kfnL ufO8 tyf $ sf]l/og ko{6sdWo] @ hgf g]kfnL ufO8 / # sf]l/og ko{6ssf] zj o;cl3 km]nf kl/;s]sf] / km]nf kg{ afFls Ps g]kfnL / Ps sf]l/og gful/ssf] zj z’qmaf/ km]nf kf/L zlgaf/ kf]v/f :jf:Yo lj1fg k|lti7fgdf NofOk’¥ofPsf] 5 . t:jL/M ;f}hGo÷ g]kfnL ;]gfsf] d’Vofno÷/f;;
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त पहिरोमा हराएकामध्ये भेटिन बाँकी रहेको एक नेपाली र एक कोरियनको शव शुक्रबार फेला परेको हो । सङ्कलित शव अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
बेपत्ता व्यक्तिको खोज तथा उद्धारका लागि खटिएको सेनाको टोलीले यी दुईसहित तीन नेपाली पथप्रदर्शक र चार कोरियन पर्यटकको शव फेला पारेको हो । टोलीले हराएकामध्ये दुई नेपाली र तीन कोरियनको शव पहिले नै फेला पारेको थियो ।

नेपाली सेनाको पश्चिम पृतनाको समन्वयमा विशेष फौज बाहिनीअन्तर्गत पोखरामा रहेको सेकेण्ड रेञ्जर बटालियनबाट खटिएको खोज तथा उद्धार टोलीले शव सङ्कलन गरी ल्याएको उक्त निर्देशनालयले जानकारी दिएको छ ।
