भारतमा लकडाउन दुईहप्ता थपियो

नयाँ दिल्ली, १९ बैशाखः भारतमा कोरोना भाइरसको संक्रमण लगातार बढिरहेको छ ।

कोरोनाभाइरस न्युनीकरणका लागि गरिएको लकडाउन भारतले थप दुईहप्ता बढाएको छ ।

यसैबीच, भारतमा लकडाउन कोरोना संकटसँग लड्नको लागि दुई हप्ताका लागि थपिएको छ । अब लकडाउन मे १७ सम्म जारी हुनेछ । यो जानकारी गृह मामिला मन्त्रालय मार्फत दिइएको हो ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ ३५ हजार भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । उनीहरू मध्ये ९ हजार जना निको भइसकेका छन् भने एक हजार १५२ जनाको ज्यान गएको छ ।

भारतमा खाना पकाउने ग्यासको मूल्य घट्यो

भारतमा खाना पकाउने ग्यासको मूल्य घटेको छ । भारतका इन्धन मार्केटिङ कम्पनीहरुले ग्याँसको मूल्य घटाएका हुन् ।

भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि सिलिन्डरमा १६२ भारु घटेको छ ।

भारतमा प्रत्येक महिनाको पहिलोदिन ग्याँसको मूल्यमा हेरफेर हुने गरेको छ । आजसहित लगातार तीन महिना भारतमा ग्याँसको मूल्य घटेको हो ।

भारतको राजधानी नयाँ दिल्लीमा अनुदान बिनाको ग्यास प्रति सिलिन्डर ७४४ भारुबाट घटेर ५८१ भएको छ । त्यस्तै मुम्बइमा ७१४ बाट घटेर ५७९ भारु भएको छ ।

त्यस्तै कलकत्तामा १९० भारु घटेर ५८४ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.