गरिबसँग विश्वेश्वर कार्यक्रमका कर्मचारीबाट कोरोना कोषमा सहयोग
काठमाडौँ, १६ वैशाख: कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा गरिबसँग विश्वेश्वर कार्यक्रमका देशभर कार्यरत कर्मचारीले रु तीन लाख ८८ हजार ८०० सहयोग गरेका छन् ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालमार्फत कोषमा हस्तान्तरण गर्नका लागि आज उक्त कार्यक्रमका संयोजक विद्यासागर पाण्डेयले रकम प्रदान गर्नुभएको हो ।
राज्य सङ्कटमा परेको बेला हरेक नागरिकले आफ्नोतर्फबाट सक्दो सहयोग प¥याउनु सम्पूर्ण नागरिकको दायित्व भएको उल्लेख गर्दै कर्मचारीहरुले स्वतःस्फूर्त रुपमा सहयोग सङ्कलन गरी सरकारलाई हस्तान्तरण गरेको संयोजक पाण्डेले बताउनुभयो ।
