रुख काट्दै गर्दा एकजना पक्राउ   

जलेश्वर, १५ वैशा: कोभिड-१९ को जोखिमले बन्दाबन्दी जारी रहदा डिभिजन वन कार्यालयले तिनकोसे जङ्गलमा रुख काट्दै गरेका अवस्थामा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा जिल्लाको बर्दिवास नगरपालिका अन्तर्गत पर्ने माइस्थान चेरुका ४५ वर्षीय झोकिलाल लामा रहेको सो कार्यालयका प्रमुख हेमन्त साहले जानकारी दिनुभयो ।

तिनेकोसे झाडीअन्तर्गत पानी खोल्सी प्राकृतिक वन क्षेत्रमा सालको रुख काट्दै गरेका लामालाई सहायक वन अधिकृत ओमविक्रम खड्काको नेतृत्वमा खटिगएको सशस्त्र वन सुरक्षाकर्मी सहितको टोलीले आज नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका लामालाई सशस्त्र वन सुरक्षा शाखा माइस्थानको हिरासतमा राखी वन ऐन २०७६ अनुसार मुद्दा चलाउने तयारी भइरहेको प्रमुख साहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.