स्वास्थ्य सामग्री लिएर आइपुग्यो हिमालय एयरलाइन्स
काठमाडौं, १५ बैशाख: हिमालय एयरलाइन्सले चीनको ग्वान्झाउबाट कोभिड-१९ को उपचारका लागि अत्यावश्यक स्वास्थ्य सामग्री लिएर फर्किएको छ ।
हिमालय एयरलाइन्सको ए ३२०–२१४, ९ एन एएलडब्ल्यू कल साइन भएको विमान हिजो चीनको ग्वान्झाउ चार्टर्ड उडान गरेर आज बिहान करिव ९ः३० बजे काठमाडौं आईपुगेको छ । साथै विमानमा स्वास्थ्य सामाग्री कुन व्यापारीक समूह वा कसले ल्याएको भन्ने खुलाईएको छैन् ।
उक्त कार्गो विमानले मेडिकल उपकरण, टेस्टिङ किट, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), मास्क, पञ्जालगायत अन्य विभिन्न औषधिजन्य सामग्री ल्याएको छ ।
हिमालय एयरलाइन्सले पहिलोपटक मेडिकल सामग्री ल्याउन पाएको कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले बताए ।
