मासु र औषधि पसललाई दुई लाख जरिवाना

काठमाडौँ, १३ वैशाख: खसीको मासुलाई प्रतिकिलो रु एक हजार पाँस सयमा बिक्री गर्ने ललितपुरको एक मासु पसललाई कारवाही गरिएको छ ।

चापागाउँमा सञ्चालित शिव कोल्ड स्टोर्सले बढी मूल्यमा मासुको बिक्री वितरण गरेको पाइएकाले रु दुई लाख जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार उक्त मासु पसलले बढी मूल्यमा मासु बेचेको र मूल्य सूचीसमेत नराखेको पाइएकाले जरिवाना गरिएको हो ।

यसैगरी नियमित बजार अनुगमनका क्रममा आज चापागाउँ दोबाटोमा सञ्चालित प्रतिमा फार्मेसीलाई सर्जिकल मास्क बढी मूल्यमा बिक्री गरेपछि रु दुई लाख जरिवाना गरिएको हो ।
उपभोक्ताबाट प्राप्त गुनासोका आधारमा औषधालयमा अनुगमगन गरिएको थियो ।

विभागकै कर्मचारीलाई समेत सानो सर्जिकल मास्कको रु २० लिई खरीद बिलसमेत देखाउन नसकेपछि कारवाही गरिएको उहाँले जानकारी दिनुभयो ।

त्रिपुरेश्वरमा दर्ताविनै सञ्चालन भएको भण्डारी सर्जिकल हाउस र डिल्लीबजारस्थित राजु फ्रेस हाउसलाई पनि कारवाही स्वरुप रु पचास/पचास हजार जरिवाना गरिएको छ । उक्त हाउसमा मूल्य सूची नभएको भन्दै जरिवाना गरिएको विभागले बताइएको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम तिनलाई जरिवाना गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.