भोजपुरमा पनि भेटिए कोरोना संक्रमित, संक्रमितको संख्या ४८ पुग्यो

काठमाडौँ, ११ वैशाख: नेपालमा कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या ४८ पुगेको छ ।

आज पुनः कोभिड–१९ को परीक्षणका क्रममा हथुवागढी, भोजपुरका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँले धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थ्रोट स्बावको परीक्षणका क्रममा कोभिड–१९ को संक्रमण देखिएको बताउनुभयो ।

उहाँका अनुसार ति सङ्क्रमितलाई आइसोशनमा राखिएको छ ।

ति पुरुष गत फागुन ३० गते साउदी अरबबाट नेपाल आएका हुन् । यसअघि आजै दुई जनामा सङ्क्रमण देखिएको थियो ।

जनकपुरका १४ वर्षीय पुरुष र उदयपुरकी ५५ वर्षीया महिलामा सङ्क्रमण देखिएको थियो ।

यससँगै कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । उनीहरूमध्ये १० जना उपचार गरेर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.