श्री एयरलाइन्सको विमान सिंगापुर उड्यो

काठमाडौं, ११ वैशाख: श्री एयरलाइन्सको जेट विमान बिहीबार बिहान ७ बजेर ५० मिनेटमा सिंगापुर प्रस्थान गरेको हो ।

स्वास्थ्य मन्त्रालय र टेमासेक फाउन्डेसनका स्वास्थ्य सामग्रीहरु लिन सिंगापुर प्रस्थान गरेको हो ।

कोरोना भाइरसविरुद्ध लड्न आवश्यक स्वास्थ्य उपकरण र सामाग्री लिएर सो जहाज आजै स्वदेश फर्किने जनाइएको छ ।

श्रीले सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत निःशुल्क चार्टर्ड उडान गर्न लागेको जनाएको छ । यसअघि आवश्यक प्रक्रिया पूरा गरेर श्रीले अघिल्लो शुक्रबार सिङ्गापुर उडान भर्ने योजना बनाएको भए पनि सिङ्गापुरको कम्पनीको तर्फबाट सामान जम्मा गर्न केही विलम्ब भएको जवाफ दिएपछि उडान हुन नसकेको श्री एयरलाइन्सले जनाएको छ ।

श्री एयरलाइन्सले यसअघि सुडानमा चार्टर्ड उडान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.