पूर्वसचिव भीम उपाध्याय पक्राउ
काठमाडौं, १० वैशाख: पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोप उनीमाथि छ ।
प्रहरीले उपाध्यायमाथि सामाजिक सञ्जालमा जथाभावी टिप्पणी गरेर विद्युतीय अपराध गरेको अभियोगमा पक्राउ गरेको हो ।
प्रहरीको केन्द्रीय साइबर ब्युरोले बुधबार साँझ ललितपुरकाे कुसुन्तीस्थित उनको निवासबाट पक्राउ गरेको ललितपुरका एसएसपी टेकप्रसाद राईले उपाध्याय पक्राउ परेको पुष्टि गरे ।
उपाध्यायले सामाजिक संजालमार्फत सरकारकाे आलाेचना गर्दै आएका थिए ।
