थप ३ जनामा कोरोना संक्रमण पुष्टि, ७ जना निको भए
काठमाडौं, १० वैशाख: नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार गरिएको पीसीआर परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा संक्रमण देखिएको हो ।
यसैगरी आज थप दुई जना अस्पतालबाट निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत ४० वर्षीय पुरुष र टेकुका ३२ वर्षीय पुरुष रहेका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ भने संक्रमित मध्ये ७ जना उपचारपछि निको भएका छन् ।
