एयर इन्डियाले आन्तरिक र अन्तर्राष्ट्रिय उडानको बुकिङ खोल्यो

नयाँ दिल्ली, ७ वैशाख : भारतीय सरकारी वायुसेवा कम्पनी एयर इन्डियाले आगामी मे ४ देखि आन्तरिक र जून १ बाट अन्तर्राष्ट्रिय हवाई टिकट बुकिङ खोल्ने घोषणा गरेको छ ।
कोरोना भाइरस महामारीका कारण लकडाउन घोषणा भएपछि भारतको आन्तरिक तथा अन्तर्राष्ट्रिय दुबै हवाइ सेवा बन्द रहेको छ ।
पछिल्लो पटक कोरोना भाइरसको संक्रमण रोकथामका लागि भारतले मे ३ तारिखसम्म लकडाउन बढाएको छ ।
सरकारको लकडाउन गर्ने निर्णयपछि एयर इन्डियाले अप्रिल ३ सम्मका लागि आफ्ना सबै आन्तरिक र अन्तर्राष्ट्रिय दुबै बुकिङहरु महिनाको अन्त्यसम्मका लागि स्थगित भएको घोषणा गरेको थियो ।
