यसरी गर्न सकिन्छ बन्दाबन्दीको व्यवस्थापन
डा. मान वहादुर बीके। काठमाडौँ, ७ बैशाख : कोरोना भाइरस फैलिने संभावना तिब्र भएकोले सामाजिक दूरी कायम राख्न बन्दाबन्दी जरुरी नै रह्यो। तर बुझ्नु पर्ने कुरा विश्वका अधिकांश रोगहरु स्वयं निदान (Self-healing) बाट निको हुने गर्दछन। हिजोको अनुसार यो भाइरसबाट मृत्यु हुनेको दर पनि कूल संक्रमितको करिव ७ प्रतिशत रहेकोछ भने २५ प्रतिशत भन्दा बढी त निको भैसकेका छन। यो सावधानी र शरिरको प्रतिरोधी शक्तीले भएको हो। शरिरको बनावट बाह्य आक्रमणको रोकथाम र स्वयं निदानका लागि आवश्यक्ता अनुसारको प्रतिरोधी क्षमता निर्माण हुने गरी भएको हुन्छ। त्यसका लागि तन्दुरुस्त शरीर (आरोग्यता), स्वस्थ मानसिक स्वास्थ्य (Psychosocial Wellbeing, आत्मवल) र पोषिलो खानपान जरुरी हुन्छ। यो सबै कुराका लागि मान्छे चलायमान भैरहनु पर्छ। लामो समय बन्दाबन्दीमा रहनु पर्यो भने यी सबै कुरामा ह्रास आउछ र प्रतिरोधी क्षमता गुमाउदै जान्छ जसले गर्दा कुनै पनि रोगले झट्टै आक्रमण गरिहाल्छ। त्यसका अलावा वालश्रम तथा घरेलु हिंसाका घटना हुने साथै मानसिक त्रासले जीवनभर गाज्ने पनि हुन सक्छ। फेरी मानिसलाई खुवाउन पनि उत्पादन र वितरण प्रणाली सुचारु पनि त हुनु पर्यो । तसर्थ यति लामो समय बन्दाबन्दी भए पछि र बाहिरबाट आउने कुरामा नियन्त्रण गर्दै यसलाई निम्नानुसार व्यवस्थापन गर्दा उपयोगी हुन्छ कि ? मेरा व्यक्तिगत विचार प्रस्तुत गरेको छु । सरकारले गर्ने निर्णयलाई हामी सबैले अवलम्बन गर्नु नै पर्छ।
१) अलपत्र परेकाहरुलाई उद्वार गर्ने। आवश्यता अनुसार राहत (खाध्य तथा गैह्र खाध्य पदार्थ) उपलव्ध गराई खान पाउने हक र बाच्न पाउने हकको संरक्षण गर्ने । केहि प्रभावकारी उपायहरूमा सामुदायिक खाध्य बैंक, खाध्य सहायता, नगद वा खाध्य हस्तान्तरण, खाध्य कुपन, रासन कार्ड इत्यादि हुन सक्छन्।
२) देशका विभिन्न ठाउलाई प्रकोपको गांभिर्यता हेरी क्लस्टरिंग गरी सोही अनुसारको रणनिति अपनाउने।
३) तराई लगायतका सीमावर्ती क्षेत्रमा सिमा निगरानी ईकाई (BOP) व्यापक रुपमा खडा गरी सीमा सील गर्ने। निगरानीलाई व्यापक बनाउने। ती क्षेत्रहरुमा आवश्यक परे निषेधाज्ञा जारी गर्ने ।
४) प्रकोपको गांभिर्यता कम भएको ठाउमा बाहिरबाट आउनेजाने कार्य रोकी सामाजिक दूरी कायम राख्दै सजगतापूर्वक सामान्य आर्थिक क्रियाक्लाप संचालन गर्न दिने। गाउघरमा कृषीकार्य गर्न दिने।
५) कृषी उपज सरकारले किनी वितरण गर्ने व्यवस्था मिलाउने। अहिले उत्पादन खेर जाने पछि कृषकलाई राहत दिने कुरा भन्दा यसो गर्दा सारै उपयुक्त हुन्छ। र ठूलो संख्यामा मानिसहरु कृषी कार्यमा सहभागी पनि हुन्छन।
६) उध्योग, कलकारखाना तथा आयोजनाहरुमा परिषर भित्रै स्वास्थ्य परिक्षण समेतको क्वारेनटाइनको व्यवस्था गरी कामकाजमा लगाउने।
७) विध्यालयहरु सामाजिक दूरी कायम राखी सजगतापूर्वक संचालनको व्यवस्था गर्ने। शहरका विध्यालयहरु तीन शिफ्ट गरी चलाउने व्यवस्था गर्ने। नजिकका स्कुल छोडी टाडाटाडा जाने कुरा (खास गरी वोर्डिंगमा) रोक्न शैक्षिक कलस्टरको नियम लगाउने। कलेज विश्वविध्यालयहरुले विधुतीय सिकाईको प्रवर्धन गर्ने ।
८) मनोसामाजिक विमर्श, आरोग्य तथा जीवन शैली, व्यक्तिगत सुरक्षा र सरसफाई तथा जनस्वास्थ्य संवन्धी कार्यहरु व्यापक बनाउने। विध्यालय नर्स र सामुदायिक नर्सको कार्यक्रम सबै विध्यालय र समुदायमा पुर्याउने।
९) द्रूत परिक्षण, प्रयोगशाला परिक्षण, कन्टाक्ट ट्रेसिंग, क्वारेनटाइन तथा आइसोलेशन र उपचार पध्दतीलाई व्यापक वनाउने। वालवालिका, जेष्ठ नागरिक, दीर्घ तथा कडा रोग लागेकाहरु र अपांगता भएका व्यक्तीहरुको आवधिकरुपमा अनिवार्य स्वास्थ्य परिक्षण गर्ने व्यवस्था गर्ने। यो गर्न दरवन्दीको जनशक्तीले नपुगे संवन्धित क्षेत्रका व्यक्तीहरुलाई स्वयंसेवाका रुपमा परिचालन गर्न सकिन्छ।
१०) स्वास्थ्य बिमालाई अनिवार्य गर्ने। निजि र सामुदायिक स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य बिमामा सूचिकृत हुन अनिवार्य गर्ने। वेरोजगारी भत्ता, पोषण भत्ता लगायतका सामाजिक संरक्षणका व्यवस्थाहरु व्यापक बनाउने। त्यसका लागि संवन्धित कोष परिचालन गर्ने।
११) पोषिलो खानपान संवन्धी चेतना राष्ट्र व्यापी बनाउने। पत्रु खानाको उत्पादन र आयातमा प्रतिवन्ध लगाउने। स्थानीय खाध्य प्रणालीको विकास गर्ने। शुध्द खानेपानीको पहुच बढाउने।
(लेखक नेपाल सरकारका सहसचिव हुनुहुन्छ)
