कैदीबन्दी रिहाइको माग गर्दै सर्वोच्चमा रिट  

काठमाडौँ, २ वैशाख : कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएकाले कोरोेना भाइरस सङक्रमण हुन सक्ने भन्दै कानुनबमोजिम उनीहरुको रिहाइको माग गरी आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

गोपाल शिवाकोटी, राम शर्मा, मानबहादुर रावत, खिमबहादुर राना, बद्रीकुमार थापा, ओमप्रकाश पौडेल र प्रकाश ओझाद्धारा संयुक्त रुपमा दायर गरिएको रिट निवेदनमा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको उल्लेख छ ।

निवेदनमा जेष्ठ नागरिकले पाउने सुविधा दिलाउन, संविधानमा माफीको लागि पहल गर्न, पुर्पक्षका लागि थुनामा राखिएका बन्दीलाई हाजिरी जमानी वा तारेखमा छाड्नलगायतको आदेश दिन माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.