राष्ट्रिय प्रसारण प्रणालीमा समस्या, देशभर अन्धकार

काठमाडौं, २ वैशाख: देशका विभिन्न भागमा चलेको हावाहुरी र चट्याङका कारण बुधाबार राती करिब १५ मिनेट राष्ट्रिय विद्युत प्रसारण लाइनमार्फत वितरित विद्युत सेवा अवरुद्ध भएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार करिब ८.४५ बजेदेखि ९ बजेसम्म देशभरको प्रशारण तथा वितरण प्रणाली अवरुद्ध भएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार पुरा देशभरको सिस्टममा विद्युत सेवा सुचारु गर्न भने अझै आधा घण्टा देखि ४५ मिनेट लाग्नेछ ।

‘पुरै सिस्टम कोल्याप्स भएपछि सबै आयोजनाहरु पनि बन्द हुन्छन्, अब एक-एक आयोजना चलाउँदै सो क्षेत्रका सिस्टम रिकभर गर्नुपर्छ,’ उनले भने,’चट्याङ तथा हावाहुरीका कारण कुनै आयोजना सटडाउन भएपछि माग र आपूर्तिको सन्तुलन नमिल्दा यस्तो सिस्टम जाने हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.