बुद्ध एयरद्वारा बंगलादेशमा चार्टर्ड उडान

काठमाडौं, २ वैशाख: निजी वायुसेवा कम्पनी बुद्ध एयरले मंगलबार बंगलादेशको राजधानी ढाकाका लागि चार्टर्ड उडान गरेको छ ।

नेपालमा रहेका १३ जना बंगलादेशी नागरिक बोकेर जहाज ढाका उडेको हो । नेपालमा रहेका बंगलादेशी नागरिकलाई स्वदेश फर्काउन दूतावासले बुद्ध एयरको जहाज चार्टर्ड गरेको हो ।

तीन बजे बंगलादेशको राजधानी ढाकाका लागि उडेको बुद्ध एयरको जहाज आजै काठमाडौं र्फकने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.