हिमालय एयरलाइन्सको १ करोड सहयोग

काठमाडौँ, १ वैशाख: कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रक तथा उपचार कोषमा हिमालय एयरलाइन्सको तर्फवाट प्रवन्धक विजय श्रेष्ठले रु. १ करोड रुपैंयाको चेक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई हस्तान्तरण गर्नु भएको छ ।

उक्त रकम कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रक तथा उपचार कोषमा जम्मा गरिएको छ ।

विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड-१९ को रोकथाम र जोखिम न्यूनीकरणमा सिङ्गो मुलुक केन्द्रित भएका बेला हिमालय एयरलाइन्सले नेपाल सरकारको पहललाई साथ दिन रु एक करोड रकम प्रदान गरेको जनाएको छ ।

मानवीय विपदका घडीमा देशमा कोभिड–१९ को सम्भावित संक्रमण, रोकथाम र नियन्त्रण गर्न सरकारले गरेको पहलकदमीलाई साथ दिन उक्त विपदबाट सिर्जना हुन सक्ने जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि हिमालय एयरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले निर्धारण गरेको कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रक तथा उपचार कोषमा जम्मा हुने गरी प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.