खाद्यान्न र मासु कालोवजारी गर्नेलाई जरिवाना
काठमाडौं, २८ चैत: वाणिज्य, आपूर्ति तथा उपयोक्ता हित संरक्षण विभागले शुक्रबार नयाँ बानेश्वरको आइकालु मिट सेन्टरलाई २ लाख रुपैयाँ जरिवाना तिराएको छ ।
विभागले बजार अनुगमन गर्दा आईकालुले खसीको मासु १ हजार ८ सय रुपैयाँ प्रतिकिलोमा बिक्री गरिरहेको थियो ।
पछिल्लो दिनमा बाहिरबाट खसी नआएको बहानामा मासुमा चर्को कालोबजारी भइरहेको छ ।
यसअघि बुधबार पनि विभागले बत्तीसपुतलीको मुस्कान मिट सपलाई २ लाख रूपैयाँ नै जरिवाना तिराइएको हो।
सरकारले दुई दिनकाबीचमा खसीको मासुमा कालोबजारी गर्ने दुईवटा मासु पसललाई २/२ लाख रूपैयाँ जरिवाना गरेको छ ।
यसैगरी बढी मूल्य लिने र म्याद गुज्रिएका सामग्री बेच्ने स्टोरहरु पनि कारबाहीमा परेका छन् ।
आजै कलंकीमा अवस्थित चितवन खाद्य स्टोर्सले बढी मूल्यमा खाद्यान्न बचेको भेटेपछि २ लाख जरिवाना गराइएको छ ।
यसैगरी, बाफलस्थित न्यूबीके स्टोरले राहत सामग्रीमा म्याद नाघेको सामान प्याक गरेर बेचेको पाइएपछि ३ लाख जरिवाना तिराइएको छ ।
