दक्षिण कोरियामा रहेका नेपालीको प्रवेशाज्ञा सकिए थप्न दूतावासको आग्रह

जीवन खत्री । सिओल, ११ चैत : कोरोना भाइरसको सङ्क्रमण रोक्न नेपाल सरकारले जारी गरेको नयाँ नियमावलीअनुसार दक्षिण कोरियास्थित नेपाली दूतावासले कोरियामा रहेका नेपालीलाई प्रवेशाज्ञा अवधि समाप्त भएमा समयमै अवधि थप गर्न सूचना जारी गरेको छ ।

सरकारद्वारा गठित कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयानुरुप दक्षिण कोरियालगायत मुलुकबाट सीधा उडान भई वा अन्य जुनसुकै मुलुकलाई ट्रान्जिट बनाई नेपाल जाने यात्रुलाई यही चैत ७ गते (२० मार्च २०२०) देखि लागु हुने गरी चैत ३० गते (१२ अप्रिल २०२०) सम्म नेपाल प्रवेशमा प्रतिबन्ध लगाउने व्यवस्था भएको थियो ।

उक्त अवधिमा कोरियामा प्रवेशाज्ञा सकिने (एलियन कार्डबाहेक) नेपालीले सक्कल राहदानी तथा परिचयपत्र लिएर र अन्य छोटो अवधिको प्रवेशाज्ञामा कोरियामा रहेका नेपाली स्वदेश फिर्ती हवाई टिकट लिईसकेकासमेतले नेपाल प्रवेशमा प्रतिबन्ध लागेकाले सो अवधिसम्म प्रवेशाज्ञा समाप्त नहुँदै कोरियाली अध्यागमन कार्यालयमा सम्पर्क गरी प्रवेशाज्ञा थपका लागि आवेदन गर्न सक्ने दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.