एपिएफ क्लबको प्रशिक्षकमा तामाङ

काठमाडौँ, १ असोज : सशस्त्र प्रहरी बलको एपिएफ क्लबको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त हुनुभएको छ ।

‘ए’ डिभिजन लिग हुने भएपछि एपिएफले तामाङलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको सशस्त्र प्रहरी बल खेलकूद महाशाखाले जनाएको छ । उहाँलाई ६ महिनाका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो । तामाङले यसअघि थ्री स्टार र मनाङ मस्र्याङ्दी क्लबको प्रशिक्षकको भूमिका निर्वाह गरिसक्नुभएको छ ।

‘ए’ डिभिजन लिग यही असोज १३ गतेदेखि शुरु हुँदैछ । तामाङले २०६७ सालमा मच्छिन्द्र क्लबबाट खेल्दै खेलबाट सन्न्यास लिनुभएको हो । खेल जीवनकै दौरान विद्यार्थीलाई फुटबल सिकाउन थालेका तामाङले पछि पोखरामा आफ्नै एकेडेमी सञ्चालन गर्नुका साथै खेलाडीलाई प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.