टेनिसमा नेपाललाई स्वर्ण

काठमाडौँ, ११ फागुन : आइटीएफ विश्व जुनियर टेनिस च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक जितेको छ । इन्डोनेसियाको राजधानी जकार्तामा नेपालले पुरुष टिम स्पर्धामा यु–१४ उमेर समूहमा स्वर्ण जितेको हो ।

नेपाली पुरुष टोलीले फाइनलमा श्रीलङ्कालाई २–१ सेटले पराजित गरेको हो । नेपाली टोलीका प्रशिक्षक कृष्णराज घलेका अनुसार यसअघि नेपालले पाकिस्तानलाई २–१, सिरियालाई ३–० तथा सिङ्गापुरलाई २–१ सेटले हराएको थियो । यु–१४ समूहमा नेपालबाट अकी जुवेन रावत, आरभसम्राट हाडा र प्रणव मानन्धरले प्रतिस्पर्धा गरेका थिए । विजेता नेपाल र उपविजेता श्रीलङ्का आगामी मार्चमा अस्टे«लियामा हुने विश्व जुनियर प्रतियोगिताका लागि छनोट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.