मदन भण्डारी फाउण्डेशन कर्णाली प्रदेश अध्यक्षमा शर्मा
सुर्खेत, ९ फागुन : मदन भण्डारी फाउण्डेशन कर्णाली प्रदेश समितिका अध्यक्षमा रवीन्द्रराज शर्मा चयन हुनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष तथा दैलेख क्षेत्र नं १ का सांसदसमेत रहनुभएका शर्माको अध्यक्षमा २९ सदस्यीय प्रदेश समिति गठन भएको हो । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार सम्पन्न प्रदेशस्तरीय भेलाले समितिको सचिवमा सुर्खेतका कुलमणि देवकोटालाई चयन गरेको छ ।
त्यसैगरी दशै जिल्ला समेटिने गरी फाउण्डेशनको प्रदेश समिति सदस्यमा नन्दसिंह बुढा, मीना रखाल, दानसिंह परियार, कौशिला खत्री, रत्नप्रसाद न्यौपाने, गोविन्द पुन, चन्द्रप्रकाश घर्ती, मोहनमाया ढकाल, गोकुल बुढा, दल फडेरा, शेरबहादुर बुढा, टेकेन्द्रकुमार बस्नेत, छेजुङश लामा, तेजबहादुर चन्द मेनका पछाईंलगायत चयन भएको सचिव देवकोटाले जानकारी दिनुभयो ।
जननेता स्व मदन भण्डारीले अघि सारेको विचार र मान्यताको अध्ययन, अनुसन्धान विकास तथा तिनको कार्यान्वयन गर्दै सामाजिक विकास गर्ने उद्देश्यले प्रदेशमा पहिलोपटक फाउण्डेशनको समिति गठन गरिएको उहाँले बताउनुभयो । गठित समितिका पदाधिकारी तथा सदस्यलाई बिहीबार नै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का केन्द्रीय सदस्य एवं पूर्व सांसद लक्ष्मी पोखरेलले शपथग्रहण गराउनुभएको थियो ।
शर्माको अध्यक्षमा बसेको फाउण्डेशनको पहिलो बैठकले सचिव देवकोटालाई कार्यालय सञ्चालनको जिम्मेवारी दिने निर्णय गरेको छ । त्यस्तै फाउण्डेशनको समन्वय र विस्तारका लागि दैलेखमा तेजबहादुर चन्द, सूर्यबहादुर शाही र मीना रखाल, कालिकोटमा दक्षिणा शाही, जुम्लामा शान्तिलाल महत, मुगुमा दानसिंह परियार, हुम्लामा दल फडेरा, डोल्पामा शेरबहादुर बुढा, रुकुमका ऋषि शर्मा, सल्यानमा गोविन्द पुन र सुर्खेतमा टेकेन्द्रकुमार बस्नेत र मोहनमाया ढकाललाई जिम्मेवारी दिइएको छ ।
सचिव देवकोटाका अनुसार फागुन मसान्तसम्म कर्णाली प्रदेशका १० वटै जिल्लामा फाउण्डेशनको गठन र पुनःगठन गर्ने, चैत मसान्तसम्म स्थानीय तहमा कमिटी गठन गर्ने र आगामी जेठको पहिला साता प्रदेशस्तरीय भेला गर्ने निर्णय गरिएको छ ।
