संसदीय विशेष समितिमा स्थायी राजधानी जनकपुरधाम राख्ने सहमति

जनकपुरधाम, १२ माघ : प्रदेश नं २ को स्थायी राजधानी जनकपुरधाम राख्ने सहमति भएको छ । सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित संसदीय विशेष समितिमा सो सहमति भएको हो ।

समितिको आज बसेको बैठकमा स्थायी राजधानी जनकपुरधामका साथै उत्तरमा धनुषा जिल्लाको मिथिला नगरपालिकाको ढल्केवर, दक्षिणमा भारतको अन्तर्राष्ट्रिय सीमा तथा पूर्व र पश्चिममा मिथिला माध्यमिकी परिक्रमा क्षेत्रसम्म राजधानीको सीमा समेतमा सहमति भएको छ ।

सभामुख यादवका अनुसार समितिका सदस्यका साथै प्रदेशसभामा दर्ता गराउने प्रस्तावक, समर्थक र संशोधनकर्ता समेतसँग छलफल गरी उक्त सहमति कायम भएको छ । गत भदौ ५ गते विभिन्न दल र दलका प्रस्तावप्रति असहमति राख्ने सदस्यले प्रदेशसभामा स्थायी राजधानी र प्रदेशको नामबारे प्रस्ताव दर्ता गराएका थिए ।

विशेष समितिमा स्थायी राजधानीका सन्दर्भमा भएको सहमतिलाई प्रदेशसभामा दुई तिहाइ मतले पारित गरिएपछि स्थायी राजधानीको टुङ्गो लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.