त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपिएफ फाइनलमा
काठमाडौँ, ९ माघ : सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एनभिए राष्ट्रिय पुरुष क्लब च्याम्पियनसीप भलिबलको फाइनलमा पुगेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा आज भएको सेमिफाइनल खेलमा एपिएफले आर्मीलाई ३–० को सेटले पराजित गर्दै फाइनलमा पुगेको हो । एपिएफले आर्मीलाई २५–२२, २५–२२ र २६–२४ ले पराजित ग¥यो । नेपाल भलिबल सङ्घ (एनभिए) को आयोजना तथा राष्ट्रिय वाणिज्य बैंक (आरबिबी) को मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले रु दुई लाख तथा उपविजेताले रु एक लाख प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा तेस्रो हुने टोलीले रु ५० हजार प्राप्त गर्नेछ ।
शहीद स्मारक फुटबल –जाउलाखेल विजयी
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा जावलाखेल युथ क्लबले सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा जाउलाखेलले एपिएफलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । जावला खेलको जितमा विदेशी खेलाडी फोडे फोफानाले निर्णायक गोल गरे । उनले ७१औँ मिनेटमा वन टचमा गोल गरेका थिए । खेलको ५७औँ मिनेटमा जावलाखेलका गोलरक्षक टिकेन्द्र थापाले रातो कार्ड पाएपछि जावलाखेल १० खेलाडीमा सीमित बनेको थियो । पेनाल्टी क्षेत्र बाहिर आएर हातले बल समाएपछि रेफ्रिले उनलाई सिधँै रातो कार्ड दिएका थिए ।
जितसँगै जावलाखेल १२ अङ्क जोड्दै पाँचांै स्थानमा उक्लिएको छ । पराजित एपिएफ पाँच अङ्कका साथ १३औँ स्थानमा छ । भोलिको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लब र सरस्वती युवा क्लब भिड्नेछन् भने दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब र च्यासल युवा क्लब भिड्नेछन् ।
