शहीद स्मारक लिगः जितका साथ थ्री स्टार तेस्रो स्थानमा

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बिहीबार काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा थ्री स्टार क्लब र हिमालयन शेर्पा क्लबबीच भएको फुटबल खेलमा बललाई अगाडी बढाउँदै थ्री स्टार क्लबका खेलाडी । तस्वीर: रोशन सापकोटा

काठमाडौँ, ९ माघ : हिमालयन शेर्पा क्लबलाई हराउँदै थ्री स्टार क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लेको छ । दशरथ रङ्गशालममा आज भएको खेलमा थ्री स्टारले हिमालयन शेर्पालाई ३–१ गोलले हराएको हो ।

जितका साथ थ्री स्टारको १४ अङ्क भएको छ । थ्री स्टारका लागि सुशील राई, सञ्जोग राई र विदेशी खेलाडी वासीयु ओलादिरानले गोल गर्नुभएको थियो भने हिमालयनका लागि स्टेफेन समिरले सान्त्वना गोल गर्नुभएको हो । खेलको छैटौँ मिनेटमा थ्री स्टारका सुशील राईले गोल गर्नुभएको हो ।

यस्तै खेलको ४४औँ मिनेटमा हिमालयन शेर्पाका स्टेफेन समीरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पु¥याउनुभयो । थ्री स्टारका सञ्जोक राईले खेलको ४५औँ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई २–१ गोलको अग्रता दिलाउनुभयो ।

दोस्रो हाफमा पनि थ्री स्टारले हिमालयन शेर्पालाई दबाबमा राख्यो । खेलको ५०औँ मिनेटमा वासीयु ओलादिरानले थ्री स्टारका लागि तेस्रो गोल गर्नुभयो । त्यसपछिको समयमा भने उसले गोल गर्न सकेन । थ्री स्टार आठ खेलमा चार जित, दुईमा बराबरी तथा दुई खेलमा हारका साथ तेस्रो स्थानमा रहन सफल भएको छ ।

यस्तै हिमालयन शेर्पा आठ खेलमा एकमा जित, चारमा हार तथा तीन खेलमा बराबरी खेल्दै सात अङ्कका साथ लिगको ११औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.