शहीद स्मारक लिग : सरस्वतीलाई हराउँदै आर्मी शीर्ष स्थानमा

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बिहीबार काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा त्रिभुवन आर्मी क्लब र सरस्वती युथ क्लबबीच भएको खेलमा बललाई अगाडी बढाउदै आर्मी क्लबका खेलाडी । तस्वीर: रोशन सापकोटा

काठमाडौँ, २४ पुस : नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सरस्वती युथ क्लबलाई हराउँदै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा आर्मीले सरस्वतीलाई १–० गोलले पराजित गरेको हो ।

आर्मीका लागि पहिलो आफमा जर्ज प्रिन्स कार्कीले निर्णायक गोल गर्नुभएको थियो । उहाँले खेलको ३०औँ मिनेटमा दिनेश हेन्जनको पासमा गोल गर्नुभएको हो । दोस्रो हाफमा आर्मीले निकै प्रयास गरे पनि गोल गर्न भने सकेन् । उक्त खेलमा आर्मीका विकास खवास ‘म्यान अफ दी म्याच’ घोषित हुनभयो । आर्मी पाँचौँ चरणको खेल सकिँदासम्म पाँच खेलमध्ये चारमा जित तथा एउटामा हार बेहोर्दै १२ अङ्कका साथ शीर्ष स्थानमा पुग्न सफल भएको छ । सरस्वती युथ क्लब अहिलेसम्म जितबिहीन अवस्थामा छ । अहिलेसम्म खेलेको पाँचवटै खेलमा सरस्वती क्लब पराजित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.