शहीद स्मारक लिगमा सन्तोषको सय गोल

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेलमा १०० गोल गरेर लिगमा कीर्तिमान बनाएका पुलिस क्लबका सन्तोष साहुख । तस्वीर: रोशन सापकोटा

काठमाडौँ, २३ पुस : सन्तोष साहुखलले ‘ए’ डिभिजन लिगमा एक सय गोल पूरा गर्नुभएको छ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उहाँले आजको खेलमा १००औँ गोल गर्नुभएको हो ।

सन्तोषले च्यासल युथ क्लबका तर्फबाट नेपाल पुलिस क्लबका विरुद्ध खेलको १८औँ मिनेटमा गोल गर्नुभएको हो । ‘ए’ डिभिजन लिगमा एक सय गोल गर्ने उहाँ पहिलो खेलाडी बन्नुभएको छ ।

च्यासलका हेमन्त थापामगरले हानेको फ्रिकिक पुलिसका गोलकिपर शत्रुघन चौधरीले रोक्न नसक्दा उक्त बललाई सन्तोषले गोलमा परिणत गर्नुभएको हो । पहिलो हाफसम्ममा नेपाल पुलिस क्लबले दुई तथा च्यासलले एक गोल गरेको छ । जारी लिगमा उहाँको यो चौथो गोल हो । उहाँले पहिलो खेलमा सङ्कटा क्लबविरुद्ध दुई तथा दोस्रो खेलमा मछिन्द्र क्लबविरुद्ध एक गोल गर्नुभएको थियो । उहाँले न्यु रोड टिम र जाउलाखेल युथ क्लबविरुद्धको खेलमा भने गोल गर्न सक्नुभएन । सन्तोषले २०६० सालमा थ्री स्टार क्लबबाट लिग खेल्न थाल्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.