अत्यावश्यक सेवामा हडताल निषेध 

काठमाडौँ, २० पुस : उच्च अदालत पाटनले नाडेप कर्मचारी सङ्गठन लघुवित्त वित्तीय संस्था लिमिटेड र त्यसका अध्यक्ष बद्रीप्रसाद नेपाललाई संस्थाको सेवा प्रवाहलगायत कुनैपनि कार्यमा अवरोध एवं हडताल नगर्न आदेश जारी गरेको छ ।

मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश राजनप्रसाद भट्टराईको संयुक्त इजलाशले अत्यावश्य सेवा ऐन, २०१४ बमोजिम बैंक तथा वित्तीय संस्थामा हडताल गर्न नपाइने कानुनी प्रावधानको पालना गर्नुपर्नेमा जोड दिँदै उक्त संस्थामा हडतालमा गरिएको निषेधको अल्पकालीन अन्तरिम आदेशलाई आज पुन: निरन्तरता दिएको हो ।

नाडेप लघुवित्त वित्तीय संस्थाका तर्फबाट उपेन्द्रबहादुर कार्कीले नाडेप कर्मचारी सङ्गठन लघुवित्त वित्तीय संस्था लिमिटेड र त्यसका अध्यक्ष नेपाललाई विपक्षी बनाएर उक्त अदालतमा मुद्दा दायर गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.