पत्रकारिता पुरस्कार प्रदान

काठमाडौँ, १२ पुस : प्रेस सङ्गठन नेपालले पत्रकारितामा योगदान पु¥याएका सञ्चारकर्मीलाई पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सङ्गठनको राष्ट्रिय भेला तथा सपथग्रहण कार्यक्रममा आयोजित कार्यक्रमा सङ्गठनद्वारा स्थापित विभिन्न पुरस्कार प्रदान गर्नु भएको हो ।
‘हृदयचन्द सिंह पत्रकारिता’ पुरस्कार सञ्चारकर्मी निर्मला शर्मा र अग्निशिखा पत्रकारिता पुरस्कार रेडियो नेपालमा प्रमुख समाचारदाता प्रमोद दाहाललाई प्रमाण पत्र सहित प्रदान गनुभयो । उक्त दुवै पुरस्कारको राशी रु एघार हजार एक सय एघार रुपिया रहेको छ ।
यसैगरी ‘वीरेन्द्र साह क्रियाशिल’ पत्रकारिता पुरस्कारबाट झापाका राजु अधिकारी, बझाङ्गका वसन्तप्रताप सिंह र सुनसरीकी समुद्रा प्याकुरेललाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी जनही रु पाँच हजार रहेको छ ।
यसैगरी रु ५ हजार राशीको ‘डेकेन्द्र थापा पत्रकारिता पुरस्कार’ गोरखाका सुशिल अर्याल, धादिङका दिपक रिजाल र सल्यानकी मिना बुढाथोकीलाई प्रदान गरिएको छ ।
यसैगरी रु पाँच हजार राशी रहेको ‘पद्मलक्ष्मी–सावित्रि वस्नेत पत्रकारिता पुरस्कार’ खोटाङका दमन राई, रामेछापकी युनिकविफा घिसिङ र वागलुङकी रविना वोहरालाई प्रदान गरिएको छ ।
सङ्गठनका सहसंयोजक गणेश वस्नेतले दुई बर्ष अगाडि घोषणा गरिएको पुरस्कार दुई सङ्गठन एक भएपछि प्रदान गरिएको बताउनुभयो ।
विरोधी कति दयनीय छन्, पानीमा जहाज चल्छ भन्ने पनि थाहा छैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणमा मुलुकले फड्को मारिसकेको बताउनुभएको छ । प्रेस सङ्गठनद्वारा आयोजित राष्ट्रिय भेला तथा सपथग्रहण कार्यक्रममा ‘सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले असाधारण ढङ्गले सरकारले नयाँ काम अघि सारेकाले विकासका काम तीव्ररुपमा अघि बढेकाले विरोधी अत्तालिएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले एउटा तप्का विकास निर्माणका काम हुन नदिइ विवाद निम्त्याउन उद्दत रहेको छ भन्नुभयो । “छ वर्षभित्रमा काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्ग हुने विषयले केही मान्छेको मन पोल्न थालेको छ”, उहाँले भन्नुभयो, “मैले खोलाबाट आवागमन गर्न सक्छौँ भनेँ उडाए, समुद्रमा जहाज चलाउन सक्छौँ भनेँ उडाए, कति दयनीय अवस्थामा छन् विरोधी भने पानीमा जहाज चल्छ भन्ने पनि थाहा पाएका छैनन्, नदीमा स्टिमर र जहाज चल्छ भन्ने त थाहा पाउनुपर्छ नी ।”
एकथरी कागजको डुङ्गा बनाएर चलाइरहँदा अर्काेथरीले जहाज चलाएर देखाएको भन्दै उहाँले निजी क्षेत्रका युवाले आफैँ प्रेरित भएर नारायणीमा जहाजको परीक्षण गरिसकेकामा खुशी व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले ओलीले भन्नुभयो, “अब हामीकहाँ गङ्गाबाटै सामान आइपुग्छ, देख्न सक्नेले देख्छ, देख्न नसक्नेका लागि मजाक हुन्छ, आएपछि उनीहरु आश्चर्य चकित हुन्छन् ।”
मुलुकको प्रगति रफ्तारमा गइरहेको जिकिर गर्दै उहाँले छिट्टै फलाम खानीको काम अगाडि बढाउँदै तेलखानीको अध्ययन गर्न लागेको जानकारी दिनुभयो । मुलुक सिमेन्ट निर्यात गर्ने अवस्थामा पुगिसकेको र कृषिको आधुनिकीकरणमा सरकारले ध्यान दिएको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले ठूला महत्वपूर्ण काम भइसक्दा पनि मुलुकमा विरोध गर्ने एउटा लहर नै चलेको भन्दै त्यसलाई रोकेर स्थायीत्वका पक्षमा दृढताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो ।
उपलब्धि जनतामाझ लानसमेत उहाँले सञ्चारकर्मीसँग आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरता, सुशासन, शान्ति सुव्यवस्था, आर्थिक उन्नतिका हिसाबले सरकारले असाधारण प्रयास गरेको बताउँदै सरकारको कामलाई ओझेलमा पारेर विभिन्न ढङ्गले भ्रम पैदा गर्ने प्रयास भइरहेकाले सचेत हुन सबैमा आग्रह गर्नुभयो ।
गोकर्ण रिसोर्टको भाडा थपिएको विषयमा कहिल्यै म्याद नथपिएको, अहिलेको सरकारले मात्रै म्याद थपिएको जसरी प्रचार गरिएको छ, त्यसमा आपत्ति जनाउँदै उहाँले स्वतन्त्र सङ्घसंस्थाबाट मूल्याङ्कन र विधि तय गरेर आकर्षक ढङ्गले सरकारलाई कर तिर्छ र प्रतिष्पर्धामा जान्छ भने त्यो भाडामा लिन नपाउने भन्ने नहुने बताउनुभयो । प्रधानमन्त्री ओलीले जमानामा किनेर लिएको जग्गा अहिलेको सरकारले गरेको भनेर भ्रम पैदा गर्ने काम नगर्न आग्रह गर्नुभयो ।
विगतमा चुनाव हारेर काम चलाउ भएको सरकारले ठूलाठूला कारोवार गरेको जिकिर गर्दै उहाँले तिनै तत्वले अनैतिक ढङ्गले जालझेल गरिरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले आर्थिक कारोवार गर्न नसकिने अवस्थाको सरकारबाट त्यस्ता काम भए पनि अहिलेको सरकारलाई सबै कुरा थाहा नहुने उल्लेख गर्दै त्यो बेला दिएको कालिमाटीको जग्गा पनि अहिलेको सरकारले दियो भनेर प्रचार भइरहेकामा असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अहिलेको सरकारले यस्ता गतिविधि गर्दैन, कसले ग¥यो त्यो छानविन गरौँ, कसरी दिइयो छानविन गरौँ, दरबार अगाडि घर बनाएको कसको समयमा हो, त्यो पनि छानविन गरौँ ।”
कोही भोको पर्दैन कोही भोकै मर्दैन
प्रधानमन्त्री ओलीले अब कोही भोकै नपर्ने र कोही भोकै नमर्ने दोहो¥याउनुभएको छ । जनताको सरकार भएकाले सडक मानव र बेसहारालाई जाडोमा कठ्याङ«ग्रिएर मर्न नदिने उहाँले दृढता व्यक्त गर्नुभयो । “अहिलेको सरकारले त्यो हुन दिँदैन, यो जनताको सरकारको हो, निमुखा जनताका पक्षमा सरकार छ, कोही भोको पर्दैन, कोही भोकै मर्दैन”, प्रधानमन्त्रीले भन्नुभयो ।
उहाँले ज्येष्ठ नागरिकका लागि एक लाखको स्वास्थ्य बीमा, हरेक नागरिकका लागि बैंक खाता अभियान चलाएकोसमेत जानकारी दिनुभयो । जाडोमा कोही पनि मर्न नपरोस् भनेर आवश्यक व्यवस्था गरिएको उहाँले बताउनुभयो । प्रधानमन्त्रीले यसका लागि गत वर्षदेखि नै तयारी गरी स्थानीय प्रशासनलाई आवश्यक प्रबन्ध गरिएकाले गत वर्ष कोही पनि मर्न नपरेको दृष्टान्त प्रस्तुत गर्नुभयो । उहाँले युवालाई स्वदेशमा नै रोजगारी दिइन सकिने धारणा राख्नुभयो ।
“खेतीबारी बाँझो छन् । यहाँ केही गरे कमाउन सक्दछौँ । हाम्रो युवालाई बाटो नदेखाएर खेतबारी छोडेर भेडा चढाउन विदेश गएका छन्”, उहाँले भन्नुभयो, “यहाँ उनीहरुलाई सही बाटो दियाँै भने यही आम्दानी हुन्छ । प्राकृतिक स्रोत र मानवीय स्रोतलाई चलाउनु सक्नुपर्दछ ।” उहाँले सरकारले देश बनाउनका लागि असाधारण गति लिएको उल्लेख गर्दै दुनियामा कम्युनिष्ट आन्दोलन सकिएका बेला नेपालमा मजबुद भएको बताउनुभयो ।
केही मान्छे व्यक्तिगत कुण्ठाका कारण सरकारको आलोचना र विरोधबाहेक केही गर्न नसकेको उहाँको भनाइ थियो । हामी फराकिलो मनका साथ राष्ट्र निर्माण र समृद्धिको अभियानमा जुटेका भन्दै प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियानलाई चीन, युरोप र भारतका नेताले पनि साथ दिएको बताउनुभयो ।
“समृद्ध नेपालको लक्ष्य र उद्देश्य प्राप्त गर्ने विधि र बाटो के हुन सक्दछन् भनेर अध्ययन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “समृद्ध नेपाल र सुखी नेपाली अभियानलाई साथ दिनका लागि सञ्चारकर्मीको सहयोग राष्ट्रले अपेक्षा गरेको छ ।” मुलुकमा फाटो ल्याउने, अराजकता फैलाउने, अनुशासनविरुद्ध, भ्रम फैलाउने जस्ता कुरामा विचार र कलमले लड्न सञ्चारकर्मीलाई आग्रहसमेत गर्नुभयो ।
प्रधानमन्त्री ओलीले नीतिमा ठीक ढङ्गले देशलाई हाँकेका समेत बताउनुभयो । उहाँले प्रतिक्रान्तिलाई पराजित गरेकाले विरोधै गर्नुपर्ने नभएको समेत स्पष्ट पार्नुभयो । “प्रतिक्रियावादीलाई पराजित गरिएको छ । राजतन्त्रलाई फालिएको छ । संविधान बनाउन दिन्नभन्दा बनाइएको छ । नाकाबन्दी गर्दा हटाइएको छ । देशका विभिन्न नाका खोलिएका छन् । बाटो बनेका छन् । पेट्रोलियम पाइप विछ्याएका छौँ । रेल ल्याउँदैछौँ”, उहाँले भन्नुभयो, “यस्ता थुप्रा काम गरेका छौँ । सुधारका ठूला काम गर्दछौँ । विरोध गर्ने कारण के छ र ?”
डुङ्गा डुब्न दिदैनौँ
उहाँले एकतापछि बनेको पार्टी एउटा डुङ्गा भएकाले डुब्न नदिने बताउनुभयो । उहाँले पार्टी एक भएपछि सबै एउटा डुङ्गामा चढेकाले त्यसलाई कुनै हातलमा पनि डुब्न नदिएर एउटा गन्तव्यमा पु¥याउने बताउनुभयो ।
“डुङ्गामा प्वाल पार्दै जाने हो भने एउटा मात्र डुब्दैनन् । सबै डुब्छन् । जसले प्वाल पार्न खोजे पनि यो डुङ्गा प्वाल पार्न दिइने छैन । जसले यो डुङ्गा डुबाउन खोजे पनि डुबाउन दिइने छैन”, उहाँले भन्नुभयो, “यो डुङ्गालाई उल्टाउन खोजे पनि उल्टाउन दिइँदैन । डुङ्गा बीचमा डुबाउन खोजे पनि दिइने छैन । यो डुङ्गा हामीसँग ७० वर्ष अनुभव बोकेर खियाइएर चलाइएको डुङ्गा हो । धेरै बलिदानले सङ्घर्ष, कथा व्यथाले बनाइएकाले डुब्न दिइँदैन ।” उहाँले आजको सफलता शिखर नभई सफलताको शुरुआत मात्र भएको भन्दै जनताको जनवाद कार्यान्वयन गर्दै समाजवादको आधार तय गर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले पार्टीको नीतिअनुसार समाचार सम्प्रेषण गर्नसमेत आग्रह गर्नुभयो । “देशप्रति जिम्मेवार भएर सकारात्मक सोचका साथ एकताबद्ध भएर पार्टीका नीतिअनुसार सञ्चार क्षेत्रमा प्रतिक्रियावादीका दुष्चक्रलाई पार गर्नुहोस् भ्रमलाई चिर्नुस्”, उहाँले भन्नुभयो, “स्वच्छ, निष्पक्ष र सत्यका पक्षमा स्थिरता र स्थायित्वका पक्षमा काम गर्नुहोस् ।”
राष्ट्रिय एकता र समृद्धिको जनमत तयार पार्न लाग्नुस : अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले विचारमा एकरुपता भए मात्रै एकीकृत पार्टीले लिएको उद्देश्य प्राप्त हुने भएकाले एकीकृत भएर अगाडि बढ्न प्रेस संगठन नेपाललाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो “इतिहास र वर्तमानमा क्रान्तिका लागि जनमत निर्माण गर्ने काम सचेत व्यक्तिबाट नै भएको छ । नेतृत्वले सही समयमा सही निर्णय गर्दा ठूला ठूला परिवर्तन भएका छन् ।”
परिवर्तनलाई उल्ट्याउन प्रयास भइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यो कुनै हालतमा सफल हुन नसक्ने बताउनुभयो । “अहिलेको अन्तरराष्ट्रिय र राष्ट्रिय परिवेशमा जनमत निर्माण मुख्य विषय भएको छ । त्यसमा पनि इन्टरनेट र डिजिटलाइज्डले मुख्यरूपमा काम गरेको छ । त्यसको लागि जनताका पक्षधर सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छ ।” उहाँले मिडिया बुर्जुवाको हातमा रहेको भन्दै यसप्रति सजक हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष दाहालले राष्ट्रिय एकता र समृद्धिको लागि जनमत तयार गर्ने काम गर्न पनि सञ्चारकर्मीलाई आग्रह पनि गर्नुभयो ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका क्रममा गरिएको प्रतिवद्धताअनुसार नै नेकपा र सरकारले काम गरिरहेको अध्यक्षको भनाई थियो । “पार्टी एकता लागि हामीले जे भनेका थियौँ, त्यही गरेका छौं । पाँच वर्षको लागि सरकार दिन्छौँ भनेका थियौँ, त्यो हामीले दिएका छौं । पाँच वर्षको लागि बनेको सरकारले इमानदारीका साथ काम गरिरहेको छ ।”
अध्यक्ष दाहालले तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका क्रममा गरिएको प्रतिवद्धताअनुसार नै नेकपा र सरकारले काम गरिरहेको स्पष्ट पार्नुभयो ।
उहाँले सरकारले इमान्दारिताका साथ काम गरिरहेकाले विरोधीले गरेको जस्तो प्रचारले कुनै अर्थ नराख्ने भन्दै त्यस्ता प्रचारको खण्डन गर्न समेत आग्रह गर्नुभयो । “‘पाटी एकता लागि हामीले जे भनेका थियौँ, त्यही गरेका छौ । पाँच वर्षको लागि सरकार दिन्छौँ भनेका थियौँ त्यो हामीले दिएका छौँ ’ पूर्ण अवधिका लागि बनेको सरकारले इमानदारीका साथ काम गरिरहेको छ, कुनै आशंका नपालौ, नराखौं ।”
पार्टीका विचार, राजनीतिक, दृष्टि, पार्टीका कार्यक्रमलाई जनतामा लगेर कम्युनिष्ट पार्टी नै राष्ट्रको एकतालाई सृदृढ गर्ने भन्दै उहाँले राष्ट्रको स्वन्त्रता र भौगोलिक अखण्डतालाई संरक्षण गर्ने काममा अग्रणी र नेतृत्वदायी भूमिका खेलेको स्मरण गर्नुभयो ।
समाजको सामाजिक न्याय, समृद्धिको लडाईमा कम्युनिष्टहरुले सबैभन्दा अगाडि रहेर बलिदान दिएको तथ्य पेश गर्दै अध्यक्ष दाहालले राष्ट्रको एकतार समृद्धिका लागि समेत सरकार र पार्टी प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो ।
केही प्रतिक्रान्तिकारी शक्तिले अझै पनि परिवर्तनलाई उल्ट्याउने प्रयास गरिरहेको उल्लेख गर्दै उहाँले त्यो कुनै हालतमा सफल हुन नसक्ने उल्लेख गर्नुभयो ।
हालै सम्पन्न स्थायी कमिटी बैठकबाट पनि विचारमा एकरुपता हुुनु नै पार्टी एकताको मुख्य आधार हो भनेर जोड दिएको भन्दै उहाँले विचारमा एकरुप आधार बन्दैनथ्यो भने केही समूह र नेतृत्वले चाहदैनमा पार्टी एकता समेत हुन नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो ‘‘हाम्रो विचारमा माक्र्सवाद, लेलिनवाद, द्वन्द्वात्मक ऐतिहासिक भौतिकबादलाई दृष्टिकोण मान्ने, माक्र्सवाद लेलिनबादको आधारभूत सिद्धान्तलाई निर्देशनात्मक सिद्धान्तको रुपमा आत्मसात गर्ने र शान्तिपूर्ण रुपले प्रतिस्पर्धा गर्दै समाजवादको वाटोतिर अघि बढ्ने भन्ने कुरामा समानता नभएको भए कसैले चाहदैमा यो एकता सम्भव थिएन ।”
अध्यक्ष दाहालले संविधान गतिशिल दस्तावेज भएकोले जनता र राष्ट्रको आवश्यकता अनुसार परिमार्जन गर्दै लैजाने स्पष्ट पार्नुभयो । देशको राष्ट्रियता स्वाधिनता सार्वभौमसत्ता, भौगोलिक अखण्डता वाहेकका राजनीतिक विषय परिवर्तनशिल रहेको संविधानले नै स्पष्ट पारेकाले समयक्रममा संशोधन गर्ने बताउनुभयो ।
कार्यक्रममा महासचिव विष्णु पौडेलले पार्टी र सरकारको निर्देशन अनुसार प्रेस सङ्गठन प्रतिवद्ध भएर परिचालित हुनुपर्ने बताउनुभयो । उहाँले पार्टीको विरोध गर्न सिमाभित्र रहेर गर्न पाइने र वैचारिक विषयवस्तुलाई सङ्गठनले वोकेर लैजानुपर्नेमा जोड दिनुभयो ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सङ्गठनलाई पार्टीको गुट, वा उपगुट, यो नेता वा त्यो नेता नभनि पार्टीको वैचारिक कुरालाई आत्मसात गर्नुपर्ने बताउनुभयो ।
उहाँले सङ्गठनलाई सरकार र पार्टीको राम्रो कामको प्रचारमा लाग्न समेत निर्देशन दिनुभयो । उहाँले माक्र्सवाद, समाजवादी कार्यक्रम, सरकार र पार्टीको लक्ष्यलाई आत्मसाथ गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले तथ्यमा आधारित भएर पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो
