गौरीकाको कीर्तिमानसँगै स्वर्णपदक 

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत सातदोबाटोस्थित पौडी पोखरीमा आइतबार भएको खेलमा ४०० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक विजयी गौरीका सिंह ।
तस्वीर: रोशन सापकोटा

काठमाडौँ, २२ मङ्सिर : पौडीबाज गौरीका सिंहले तेह्रौैँ दक्षिण एशियाली खेलकूद (साग) मा अर्को स्वर्णपदक हात पार्नुभएको छ । सातदोबाटोस्थित पौडी पोखरीमा आज भएको खेलमा गौरीकाले ४०० मिटर फ्रिस्टाइलमा निर्धारित दुरी चार मिनेट २५.२८ सेकेन्डमा पूरा गर्दै स्वर्णपदक हासिल गर्नुभएको हो । उहाँले भारतकी खेलाडी शिवांगी शर्मालाई पछि पार्दै नेपाललाई स्वर्ण दिलाउनुभएको हो ।

यससँगै उहाँले सागको एकै संस्करणमा तीन स्वर्णपदक जित्ने नयाँ कीर्तिमानसमेत कायम गर्नभएको छ । यसअघि उहाँले २०० मिटर ब्याकस्ट्रोक र २०० मिटर रिलेमा नेपाललाई स्वर्ण पदक दिलाउनुभएको थियो । त्यसैगरी शिवांगीले निर्धारित दुरी चार मिनेट २६.२२ सेकेन्ड समय लगाउँदै पूरा गर्नुभयो । तेस्रो स्थान हासिल गरेकी श्रीलङ्काकी रामुदी नुदाराले चार मिनेट ४१.९१ सेकेन्डमा दुरी पूरा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.